सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।  

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साथै नीति तथा कार्यक्रममाथि सांसदबाट प्राप्त संशोधनहरू पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि ११ जेठसम्म छलफलका लागि समय निर्धारण गरिएको छ ।

छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि १५ जेठ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ । 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार ७:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया