शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ । पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । 

शरणार्थीका नाममा ठगी गरेको अभियाेगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मिया र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

त्यस्तै, गरी सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, सन्दीप रायमाझी, गोविन्द चौधरी र रामशरण केसी प्रहरी हिरासतमा छन् ।

प्रहरीले उनीहरुविरुद्ध विभिन्न चार अपराधमा मुद्दा चलाउने तयारी गरेकाे बताइन्छ । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।

प्रहरीले ३२ जना आरोपितबाट २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ बिगो दाबी गर्न सिफारिस गर्ने तयारी गरेको छ ।

प्रहरीले आइतबार साँझसम्ममा सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १८:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया