जनता समाजवादी पार्टी (जसपा) ले उपेन्द्र यादवलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा चयन गरेको हो ।
गत वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा भने जमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए ।
सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।