लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा विजय कार्की

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।   

यस्तै, स्ववियु सचिवमा नेविसंघका निराजन खरेल र कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी चुनिएका छन् ।

खुला सदस्यमा अनेरास्ववियुका श्रृजन नेपाल, प्रकृति गौतम र प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी र पुनम कुँवर तथा अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्वाचित भएका छन् ।

यसअघि ५ चैतका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी संगठनले ताला लगाएपछि स्थगित भएको थियो । चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले १० वैशाखमा ३० दिनभित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेश दिएको थियो ।

सोहीअनुसार ११ जेठमा मनोनयन दर्ता भएको थियो ।   





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ९:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया