विवेकशील साझाले तोक्यो ११ विभाग प्रमुख, संगठन विभागमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीले ११ विभाग प्रमुख तोकेको छ । बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ विभाग प्रमुख तोकेको हो । 

संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव रञ्जु दर्शनाले प्राप्त गरेकी छन् । यस्तै, प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार रहेका छन् । 

उपाध्यक्ष मिलन पाण्डेलाई नीति तथा कार्यक्रम विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष विमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव विमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापालाई जिम्मेवारी दिइएको छ । 

पार्टीले वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ११:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया