स्वास्थ्य क्षेत्रमा बढ्यो बजेट, के–के परे प्राथमिकतामा ?

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो। त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा. महतले बताए।

प्राथकिकतामा परेका क्षेत्रहरु 

गुणस्तरीय स्वास्थ्य उपचार जनताको आधार आधारभूत स्वास्थ्य सेवालाई गुणस्तर बनाइने छ । कोभिड १९ लगायत संक्रामक रोगथाम नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखिएको छ । 



डेंगु रोगथाम तथा नियन्त्रणका लागि पूर्व मनसुन, मनसुन र मनसुनपश्चात् डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर्न अभियान सञ्चालन गरिने छ । यस्तै, शुक्रराज तथा ट्रपिकल अस्पताललाई ३०० शैयामा विस्तारित गरिने अर्थमन्त्री डा। महतले बताए । उनका अनुसार पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निमार्णाधीन प्रादेशीक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनामा ल्याइने छ । सरुवा रोग अस्पताल निमार्ण र विस्तारका लागि ४६ करोड बजेट छुट्याइएको छ ।

यस्तै, क्षयरोगमुक्त अभियान अन्तर्गत रोगीहरुको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजना गरिएको छ । 



मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने भएको छ । 

आधारभूत स्वास्थ्य सेवा निशूल्क उपलब्ध गराउनका लागि १ अर्ब २८ करोड विनियोन गरिएको अर्थमन्त्री डा. महतले बताए । यसका साथै स्वदेशमा नै उत्पादित औषधि खरिदलाई प्राथमिकता दिइने उनले बताए छ । 

बहुसंख्यक जनताले सेवा प्राप्त गर्नेगरी पायक पर्ने स्थानमा अस्पताल निमार्ण तथा सञ्चालन गर्न प्राथमिकता दिइनेछ । 

हाल ३ सय २२ स्थानीय तहमा निमार्णाधीन ५, १० र १५ शैयाका अस्तपाल निमार्ण कार्यका लागि ८ अर्ब रकम विनियोजन गरिएको छ ।

आगामी वर्ष सम्पन्न हुने १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड विनियोजन गरिएको छ । क्यान्सर, पक्षघात, मेरुदण्ड, मिर्गौला प्रत्यारोपाण गरेका तथा डायलायसिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्चमार्फत दिँदै आएको मासिक ५ हजार लाई निरन्तरता दिइएको छ । 

विपन्न नागरिकलाई मुटुरोग, मिर्गोला रोग, क्यान्सर, पार्किसन, अल्जाइमर, स्पाइनल इन्जरी, हेड इनजरी तथा सिकलेस एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्योरोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ । महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निः शूल्क उपचार, शिघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमश विस्तार गरिनेछ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ९–१४ वर्षका बालिका लक्षित एचपिभी खोप कार्यक्रम खोप विस्तार गरिनेछ । सबै संघीय अस्पतालमा बाँझोपन, निः सन्तान उपचार सेवा विस्तार गरिने छ ।

सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोप केन्द्रको क्षमता विकास गरिने छ । सहिद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरिएको छ । भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन आवश्यक रकम विनियोजन गरिएको छ । 

जेष्ठ नागरिकका लागि सरकारी अस्पतालमा सञ्चालनमा रहेको ‘जेरियाट्रिक वार्ड’लाई प्रभावकारी बनाइनेछ । परोपकार तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुका लागि ‘मिल्क बैंक सञ्चालन गरिनेछ । 

सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य कार्यक्रम संञ्चालनका लागि २४ करोड विनियोजन गरिएको छ ।
 

  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १९:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया