\
महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा कर्मचारी र ग्राहकलाई बन्धक बनाएर करिब ४० लाख रुपैयाँ लुटपाट गरिएको छ ।
बैंकको सो शाखाबाट मंगलबार दिउँसो साढे १२ बजेको समयमा करिब ४० लाख रुपैयाँ लुटपाट भएको हो ।
प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराले बैंकबाट सो रकम लुटेर लगेका हुन् । सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरू चारैैजनाको हातमा बन्दुक देखिन्छ ।
उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मी शैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
सीसीटिभीमा चारजना लुटेरा देखिए पनि लुटपाटमा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।