नमूना जहाज बनाउने अभय परियारलाई बुद्ध एयरले दियो १ लाख

बुद्ध एयरले जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ । कम्पनीका अनुसार १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको हो ।  

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन् । कम्पनीले उनलाई १ लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । 

‘हामी उहाँको मिहिनेतका लागि धन्यवाद दिन चाहन्छौं । उहाँको उज्जवल भविष्यको कामना गर्न चाहन्छौं,’ बुद्ध एयरले भनेको छ । रत्ननगर नगरपालिका–१३,  अभयले केही दिनअघि टिकटकमा बुद्ध एयरको नमूना जहाज उडान र अवतरण गरेको भिडियो पोस्ट गरेका थिए । उनको उक्त भिडियो भाइरल भइरहेको छ । 

भिडियो भाइरलसँगै परियारलाई बधाई तथा शुभकामना दिनेको ओइरो लागिरहेको छ । साथै, उनलाई सञ्चारमाध्यमले पनि स्थान दिइरहेका छन् । 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १४:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया