अभिनेता ड्यानीले दुई महिलालाई बलात्कार गरेको पुष्टि, तोकियो ३० वर्षको जेल सजाय

महिला बलात्कार आरोप पुष्टि भएपछि अमेरिकन अभिनेता ड्यानी मास्टरसनलाई जेल सजाय तोकिएको छ । दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि उनलाई ३० वर्षको जेल सजाय तोकिएको हो । 

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाइको क्रममा बलात्कारको तीनवटा मुद्दामध्ये दुईमा दोषी पाइएको हो । अदालतको फैसलासँगै उनलाई हतकडी लगाएर नियन्त्रणमा लिइएको छ । 

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीनजना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं । उनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भनेका छन्, ‘जब हामी निराश छौँ कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौँ ।’

४७ वर्षीया ड्यानी सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्वीकार गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार ८:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया