चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा पुगेका हुन् । 

यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले कञ्चनजङ्घा सफल आरोहण गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १२:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया