हज यात्रीको पहिलो टोली साउदी अरेबिया प्रस्थान

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गरेको छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सय ६८ जनालाई राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । 

मुस्लिम जनसंखयाको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ । विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृह मन्त्रालयले जनाएको छ । 

उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् । नेपालमा मुस्लिमको जनसंख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ । 

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव विश्व कुइँकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हज यात्रीको छनोट हुने गर्दछ ।





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार २२:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया