काभा भलिबल नेसन्स लिगका लागि नेपालको टिम घोषणा
फाइल तस्बिर

आउँदो काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको टोली घोषणा गरिएको छ । नेपाल भलिबल संघले शुक्रबार १२ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले ओपन स्पाइकरमा मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्दलाई मौका दिएको छ । यस्तै, अपोजिट हिटरमा धनबहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल रहेका छन् ।

मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरिबहादुर अधिकारी र सफल विकले मौका पाए । सेटरमा हरि हजुर थापा र लोकेन्द्र राज गिरी छनोट हुँदा लिवेरोमा भीमबहादुर गाहा रहेका छन् ।

विशाल विक, रवि केसी, धिरोज काजी बस्नेत, सम्राट भण्डारी, मनिष मानन्धर र विनोद चन्दले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले भाग लिनेछन् । 





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २१:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया