कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए । उनले अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए । उनले कांग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे ।

उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन । बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली कांग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ । पार्टी लामो इतिहास भएको पार्टी हो । कांग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? तर चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’

नेता सिंहले जन निर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको बताउनु भयो । 





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार १५:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया