दक्षिण अफ्रिका जान पाउने भए सन्दीप, प्रशिक्षक देशाइसँगै सोमबार प्रस्थान गर्ने

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार साँझ प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् । बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई जिल्ला अदालतले ‘अपवाद’का रुपमा लामो समय तारिख स्थगित गरेपछि उनी दक्षिण अफ्रिका र जिम्बाब्वे जाने पक्का भएको हो।

सन्दीपका वकिलले अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सन्दीपकाे तारिख समयसम्मका लागि स्थगित गर्न निवेदन दिएका थिए । साेहीबमाेजिम जिल्ला अदालतले लामो समयका लािग तारिख स्थगित गरेकाे हाे । 

अब सन्दीप प्रतियोगिताभर तारिख बुझ्नका लागि नेपाल फर्किनु पर्ने दबाबबाट मुक्त भएका छन्। यसअघि सर्वोच्च अदालतले सन्दीपलाई विदेश जानका लागि अनुमति दिएकाे थियाे । गम्भीर फौजदारी मुद्दा भएकाले लामो समय तारिख स्थगन गर्न पाइँदैन। 

साेही कारण सन्दीपको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा अनिश्चित बनेको थियो। अदालतले सन्दीपलाई भने ‘अपवाद’का रुपमा वकिलकाे निवेदनअनुसार समय उपलब्ध गराएकाे हाे । 

अदालतले सन्दीपको मुद्दामा अब असार २९ गतेको तारिख तोकेको छ। सन्दीप विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतलाई आफू नेपाल फर्किएको जानकारी गराउनुपर्नेछ।





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १६:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया