आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ

मादकपदार्थ सेवन गरेर आफ्नै पक्की घरमा आगो लगाएको आरोपमा धनगढीमा एकजना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्ट छन् । 

दुई दिनअघि उनले घरको बीच कोठामा रातिको समयमा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । 

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार २२:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया