कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, संकटमा मुख्यमन्त्री कार्कीको पद

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आज दिउँसो बस्ने पार्टी प्रदेश पदाधिकारी र दलको संयुक्त बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दैछ ।   

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने तयारी गरेपछि माओवादी बाहिरिन लागेको हो ।    

सोमबार विराटनगरमा बसेको प्रदेश ससदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय भएको थियो । सोहीअनुसार माओवादी वर्तमान सरकारबाट बाहिरिने निश्चित भएको हो ।   

माओवादी बाहिरिने भएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वमा रहेको प्रदेश सरकार संकटमा परेको छ । सत्ता साझेदार माओवादीले साथ छाडेपछि अब मुख्यमन्त्री कार्कीसँग एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ जना मात्रै सांसद रहेका छन् । 

गत १० पुसमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतको केन्द्रमा गठबन्धन बनेको थियो ।     
 





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ११:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया