रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिन: नेता गौतम

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का वरिष्ठ नेता एवम् सचिवालय सदस्य वामदेव गौतमले आफू विरुद्ध गलत सूचनाको प्रचार गरिएको भन्दै सूचनाको खण्डन गरेका छन् । नेता गौतमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् एक वक्तव्य जारी गर्दै स्व.मन्त्री अधिकारीको निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिने सूचना निराधार भएको बताएका छन् । 

गौतमद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध सुरु भयो । नेपाली राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रवाट उम्मेद्वार बन्ने आशा राखेको आरोप लगाइएको छ ।’

‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो उनले स्पष्ट पार्दे भने, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन । जीवनभर दिने पनि छैन ।'

नेता गौतमले आफ्नो इच्छाविरूद्ध पार्टीले निर्णय गरे पनि मन्त्री अधिकारीको क्षेत्रमा अधिकारी परिवारलाई नै उम्मेदवार बनाउन आफू लागि पर्ने बताए ।  उनले भने, ‘मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि म कं रवीन्द्रको दुःखद् निधनबाट खालिभएको निर्वाचन क्षेत्रमा उम्मेद्वार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न  स्व.क.रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेद्वार बनाउन लगाउने छु ।’   

 

नेता गौतमद्वारा जारी वक्तव्य 



 


 
 



  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार ११:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया