सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तीब्र गतिमा विभाजित गरी कित्ता काटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए । उनले कृषि उत्पादन तथा व्यवसायी करण र औद्योगिकरण प्राथमिकतामा पर्नुपर्ने बताए । 

उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको बताए । उनले बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चतता गर्न नसकेको बताए । 

गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउने बाहेक अन्य काम गर्न नसक्ने बताए ।  





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १७:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया