आमहड्ताल गर्ने पाँचजना बन्दकर्ता धनगढीबाट प्रकाउ

कैलालीको गोदावरी नगरपालिका गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको छ । 

मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै पाँचजना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ । 

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। बन्दको नेतृत्व स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गरेको छ ।   

बन्दले गर्दा लामोदूरीका यातायात सेवा सञ्चालन हुने सकेको छैन । बजार, शैक्षिक संस्था पूर्णरूपमा बन्द रहेका छन् ।  





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार ९:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया