प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने
फाइल तस्बिर

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । उनीविरुद्ध यही १६ जेठमा १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको थियो ।  

उक्त आह्वानपछि उनीविरुद्ध २९ उजुरी परेका छन् । कार्की​विरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताले नै संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गराएका हुन् । 

 समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १२:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया