जनकपुरबाट काठमाडौं उड्न लाग्दा बुद्ध एअरको जहाजमा धुवाँ, यात्रुकाे बिचल्ली

जनकपुरधामदेखि काठमाडौं उडान भर्ने क्रममा सोमबार साँझ बुद्ध एअरको विमानमा धुवाँ देखिएको छ । 

यु४–५०८ नम्बरको बुद्ध एअरको सो विमान जनकपुरधामबाट काठमाडौंका लागि उडान भर्ने क्रममा रनवेमै पुग्दा जहादभित्र धुवाँ देखिएको हो । 

दिउँसो ४ः३० बजे उडान भर्ने समय रहेको सो विमान साँझ ५ः३७ मा उडान भरिरहेका बेला रनवेमा पुगेपछि विमानभित्र अचानक धुँवा देखिएको एक यात्रीले बताए । विमानमा धुवाँ देखेपछि यात्रीहरु अत्तालिएका थिए । 

काठमाडौंका लागि उडान भर्नै लाग्दा धुवाँ देखापरेपछि विमान पुनः पार्किङमा फर्काइएको एक यात्रीले जानकारी दिए । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।

यसअघि पनि जेठ ७ गते साँझ जनकपुरधाम विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एअरलाइन्सको जहाज काठमाडौं फर्केको थियो । 

पाइलटले दुईपटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि जहाज काठमाडौं फर्केको थियो । पाइलटले एटिसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको थियो । 



त्यसअघि, जनकपुरधामबाटै काठमाडौं उड्न लागेको बुद्ध एअरको विमानमा मुसा देखिएपछि उडान स्थगित भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एअरको विमानमा मुसा देखिएको पुष्टि गरेका थिए । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको थियो ।



  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १९:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया