बुद्ध एअरको विमानमा मंगलबार पनि समस्या, नेपालगञ्ज उडेको विमान काठमाडौं फर्काइयाे

मंगलबार पनि बुद्ध एअरको विमानमा समस्या देखिएकाे छ । आज मध्याह्न काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको २२ मिनेटमा विमानमा समस्या देखिएपछि काठमाडौं विमानस्थलमा फर्काएर अवतरण गराइएको छ ।

५२ जना यात्रु बोकेर विमान पौने १२ बजे उडेको थियो । विमानमा प्राविधिक समस्या उत्पन्न भएको थाहा पाएपछि चालकले विमानलाई नेपालगञ्जतर्फ अगाडि नलगेर काठमाडौं फिर्ता गर्ने निर्णय गरेको विमानस्थल स्रोतले बताएको छ ।

आकाशबाट फिर्ता भएको विमान १२ बजेपछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । यसअघि पनि बुद्धका विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि पटकपटक आकस्मिक अवतरण गराइएको थियो ।





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार १८:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया