प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ जारी

संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरूले प्रश्नोत्तर गरिरहेका छन् । 

आज बिहान सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । त्यस्तै समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी रहेको छ ।

कार्कीले  बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।  





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार ९:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया