नेपालगञ्ज उपमहानगर-१३ का कार्यवाहक वडाध्यक्ष ९ हजार घुससहित पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् । 

कार्यवाहक अध्यक्ष कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयबाट खटिएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार २२:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया