मैत्रीपूर्ण खेलमा ब्राजिलको सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र गिनियाविरुद्ध ब्राजिलले ४–१ को जित निकालेको छ । गएराति सम्पन्न खेलमा ब्राजिलको जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले समान एक गोल गरे ।  

गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काए । स्पेनको आरसीडिइ स्टेडियममा भएको खेलमा २७औं मिनेटमा जोइलिन्टनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । उनले डेब्यू खेलमै गोल गरे । ३०औं मिनेटमा रोड्रिगोको गोलबाट ब्राजिल २–० ले अघि बढ्यो ।   

३६औं मिनेटमा सेरोउ गुइरासीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, ४७औं मिनेटमा मिलिसाओको गोलबाट ब्राजिलले ३–२ को अग्रता पायो । 

८८औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई ४–१ को सानदार जित दिलाए ।   
 





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार ६:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया