सागर जोशीको ‘बाडुल्की’ सार्वजनिक

सागर जोशी र रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

हिमान्सु रायमाझी गोधुलीले शब्दरचना गरेको गीतमा कृष्ण पाण्डे कृषको संगीत रहेको छ । यस्तै, रुबिन मगरले गीतको संयोजन गरेका छन् । 

उत्तम श्रेष्ठ शिशिरको निर्देशनमा बनेको म्युजिक भिडियोमा राहुल बराइलीको कोरियोग्राफी गरेका छन् ।   

म्युजिक भिडियोमा स्मारिका ढकाल र विकास सुवेदीलाई प्रमुख भूमिकामा देख्न सकिन्छ । मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ११:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया