मन्त्री सिंहको सम्झनामा सुनिल नेपालीले ल्याए - ‘रुँदै छ बझाङको माटो’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनले बझाङसहित सिङ्गो सुदूरपश्चिम स्तब्ध भएको छ । उनको निधनले बझाङले एक राजनीतिक अभिभावक गुमाएको भन्दै धेरैले दुःख व्यक्त गरिरहेका छन् ।

मन्त्री सिंहको निधनमा कलाकार सुनिल नेपालीले ठाडी भाका ‘रुँदै छ बझाङको माटो’ मार्फत दुःख व्यक्त गरेका छन् । जेआर भट्टको शब्दमा नेपालीले स्वर दिएका हुन् ।

मंगलबार गृह जिल्ला जाने क्रममा बझाङको केदारस्युँ देउरा नजिक नयाँ खेतमा भएको  सडक दुर्घटनामा परेका मन्त्री सिंहको उपचारका क्रममा नेपालगन्जमा निधन गएको थियो । मन्त्री सिंहसँगै उनकी पत्नी र भाउजूको समेत दुर्घटनामा ज्यान गएको थियो । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार ११:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया