भारतीय चलचित्रको निषेध हटाउन चलचित्र संघको माग

चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार संघकातर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । 

'रिट दायर भएको छ, उहाँहरूले सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई खारेज गर्ने माग गर्नुभएको छ, उनले भनिन्, 'आउँदो बिहीबार यसको सुनुवाइ हुनेछ ।' 

महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो । 





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १५:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया