कविता महोत्वसवमा मातृभाषाका २५ प्रतियोगी

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइँदै छ । 

प्रतिष्ठाले हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सवमा परम्परागत रूपमा नेपाली भाषाका कविताका अतिरिक्त यस वर्षदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरेपछि मातृभाषाका कवितासमेत प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । 

प्रतियोगिताका लागि आएकामध्ये मूल्यांकन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका छन् ।प्रतियोगिताका लागि नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका गरी कूल २५ कविता छानिएका छन् । 

नेपाली भाषाका १८ कविता छानिएका प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले जानकारी दिइन् । मातृभाषामा प्रस्तुत हुने कवितालाई अनुवादकको प्रबन्ध गरिने उनले बताइन् ।

महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी छ सय ४४ कविता दर्ता भएका थिए । प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही १५ हजार राशिको पुरस्कार दिइनेछ ।

प्रतिष्ठानका कतिपय पूर्वपदाधिकारीले भने विगतमा भातृभाषा कवि सम्मेलनअलग्गै गरिएकामा राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाएर नेपाली भाषालाई अवहेलना गरिएको तर्क गर्दै आएका छन् ।





  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १६:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया