कविता महोत्सव : यी हुन् पुरस्कृत सर्वोत्कृष्ट दश कवि

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।

प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुन, ‘रक्तिम कथा’  शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो रु’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘न्वारनको नाम’ शीर्षकका प्रकाश दिप्साली राई  र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत भएका छन् । 

यस्तै मातृभाषा डोटेलीमा  खिमानन्द जोशी  (मुई गोठ नाइँ भान्या हुँ), पूर्णानन्द ओझा (सन्निको मान्सा) खाम मगर भाषामा टंकबहादुर झाँक्री मगर (वैरागी समीप)को (रहुन्के वे बड्डा) कवितालाई उत्कृष्ट घोषित गरिएको छ । 

प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रु १५ हजार राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा। धनप्रसाद सुवेदीले जानकारी दिए । 

महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो ।  प्रतिष्ठानले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागत रूपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरिएको थियो । 

मातृभाषाका कवितासमेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्यांकन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए । ती कवितामध्ये  मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ  र थामी भाषाका  सात र नेपाली भाषामा १८ कविता  छानिएका  छन् । मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो ।



महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी  ६ सय ४४ वटा कविता  दर्ता भएका थिए । महोत्वसको उद्घाटन आज  दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । 

कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र  सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी  र जमुना कुचिकारलाई प्रदान गरिएको थियो ।



  • प्रकाशित मिति : असार ९, २०८० शनिबार २२:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया