प्रबल जनसेवाश्री पदकबाट विभूषित कर्मचारी नेता घुससहित पक्राउ

काठमाडौं– निजामती सेवामा रहेर राष्ट्रलाई विशिष्ट योगदान गरेबापत प्रदान गरिने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक पाएका  कर्मचारी नेता घुससहित रंगेहात पक्राउ परेका छन् । नेकपानिकट कर्मचारी नेता कैलाश मातक्षे श्रेष्ठ घुससहित रंगेहात पक्राउ परेका हुन् । 

संविधान दिवसको अवसरमा २०७५ असोज ३ मा गृहमन्त्रालयको सिफारिसमा उनलाई सरकारले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)पदक दिने घोषणा गरेको थियो । 

पक्राउ परेका श्रेष्ठमाथि अख्यितार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा मुद्द दायार गरेको छ । अख्तियारले उनीसँग बिगोबमोजिम जरिवाना र कैद सजाय गर्न माग राख्दै आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शाखा अधिकृत पदमा कार्यरत श्रेष्ठले लेनदेनसम्बन्धी उजुरीमा मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस मागेका थिए । गत फागुन २ गते सेवाग्राहीसँग २५ हजार घुस लिइरहेको अवस्थामा अख्यितारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १५:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया