जसपा विधान अधिवेशन : उपेन्द्रले जवाफ दिँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदैछ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ । यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । 

उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ । 

जसपाको प्रस्तावित विधानमा ७० बर्से उमेर हदको प्रावधान राखिएको छ । यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ । 

उक्त मस्यौदा विधानमा छलफलका लागि केन्द्रीय समितिका ४ सय ६ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित १० सहित ७ सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।  





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १०:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया