लुम्बिनी प्रदेशसभा बैठक : आज बजेटमाथिको छलफल अगाडि बढ्ला ?

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल हुनेछ । 

बजेटमाथि धेरैको असन्तुष्टि बढेपछि १० असारको बैठक स्थगित गरिएको थियो । त्यसपछि १३ गतेको लागि बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको माग राख्दै बैठक अवरुद्ध पारेको थियो ।  

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि १ असारमा ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य लक्ष्यसहित बजेट आएको छ ।  

सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई साता बितिसक्दा समेत छलफल हुन सकेको छैन ।    





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १०:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया