कराते खेलाडी सुमनलाई अमेरिकामा स्वर्णपदक

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्णपदक जितेका हुन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा सुमनले २९.९५ अंक जोडे । गुवाटेमाला दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए । 

प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो । सुमनले यसअघि बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँं एसियाली गोजुरियो करातेमा रजत पदक जितेका थिए । 

त्यस्तै, उनले मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य र जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्णपदक जितेका थिए ।





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १७:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया