तीन हप्तादेखि हिउँमा पुरिए गोरखाका दुई हिमाली गाउँ

गोरखा– गोरखाका दुई हिमाली गाउँ तीनहप्ता देखि हिउँमा पुरिएका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँ र साम्दो ल्होसारदेखि नै हिउँले पुरिएको स्थानीयबासीले बताएका छन् ।

गाउँमा साँढे सात फिट भन्दा बाक्लो हिउँ जमेर अधिकांश एकतले घर पुरिएका छन् भने दुईतले घरको चाहिँ माथिल्लो तला मात्र जमिनमाथि देखिने गरेको उनीहरूको भनाइ छ । 

२० वर्षयताकै सबैभन्दा धेरै परेको हिउँ पग्लनुको सट्टा झनै थपिएको थपियै छ । एउटा घरको मान्छे अर्को घरमा जान सक्ने अवस्था छैन भने घाँस, पराल, पानी नपाएर घरपालुवा जनावरको पनि बिचल्ली छ ।

हिउँ पहिरोको डरले साम्दोको माथिल्लो टोलका करिब ४० घरका बासिन्दा तल्लो टोलमा सरेर बसेका छन् । 

तीन हप्तादेखि हिउँभित्रै बस्नुपर्दा गाउँलेहरु आत्तिएका छन् । सामागाउँ ३५२० मिटर उचाइमा रहेको गाउँ हो भने साम्दो ३७०० मिटर उचाइमा रहेको गाउँ हो ।

बाक्लो हिमपातका कारण लोपोन्मुख जनावरहरु पनि मर्न थालेका छन् । जंगली कुकुरले बहुमूल्य कस्तुरी, नाउर, थारलाई मारेको स्थानीयको भनाइ छ । गाउँमा विपत्ति पर्दा सरकार र जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको गुनासो छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १७:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया