अर्घाखाँचीको पणेनामा पहिरो : मृतक तीनै बालबालिकाको पहिचान खुल्यो
फाइल तस्बिर

अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।  

पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

पाणिनि–१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरूको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा ११ बर्षीया अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेका गौतमले जानकारी दिए ।

साथै सकुशल उद्धार गरिएका १४ वर्षीय सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए ।

 घरमा छ जना बस्दै आएकोमा दुईजना गोठको काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो । 





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १२:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया