एसइई नतिजा प्रकाशनकाे तयारी अन्तिम चरणमा, १६ संस्थाले पाए अनुमति (सूचीसहित)

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । 

नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीनवटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआइसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेसन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालिलगायत संस्था/फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । 

यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिलगायत पाँचवटा संस्था र फर्मले एमएमएस र आइभिआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । 

बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । 

उत्तरपुस्तिका परीक्षण गरेर तथ्यांक प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षरांकन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । 



पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यसपटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । 



  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १६:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया