लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव पक्राउ परेका छन् । १० माघमा रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् । 

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बाँकेको डुडुवा गाउँपालिका होलियाबाट आइतबार नियन्त्रणमा लिइएको रूपन्देहीका प्रहरी प्रवक्ता एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए । 

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । 

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । जसपाले कारबाही गरेपछि भने यादव गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।   





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १०:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया