वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष

वीर अस्पतालले थप शय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । 

अस्पतलाका निर्देशक डा. सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शय्या छुट्याइएको थियो । 

वीर अस्पतालमा सञ्चालनमा आएको  विशिष्ट र अतिविशिष्ट कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरे । सो अवसरमा मन्त्री बस्नेतले सबै प्रकारका स्वास्थ्य उपचार देशभित्रै गर्नका लागि वीर अस्पतालमा शय्या थप गरिएको बताए । 
    
न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको विशिष्ट र अतिविशिष्ट उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशि शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी र डा. रमेश चोखानी छन् । 

उपकुलपति डा. बस्नेतले यसअघि पनि भिआइपी र भिभिआइपी उपचारका लागि बहिरंग सेवा लिन आए पनि केही समययता भर्ना नभएको बताए । अस्पताल सुविधासम्पन्न बनाएसँगै उपचारका लागि विशिष्ट र अतिविशिष्ट व्यक्ति आउने उनले विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १६:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया