सुजन बराइलीको ‘तीजको बेलामा’ सार्वजनिक

गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ । महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो ।   

गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको  उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ ।

गीतमा निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेका छन् । 

बराइलीले यसअघि ‘मल्लाज दरबार’, ‘जिउन सिकायो’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाच बरिलै’, ‘विश्वकर्मा बाबा’, ‘पर्वते ठिटो’, ‘मायामा भुलियो’, ‘बोलाइ पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’लगायत लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसकेका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार ९:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया