काम लागेन कोहलीको शतक, ३२ रनले हार्यो भारत

एजेन्सी– झारखण्डको राजधानी राँचीमा भएको तेस्रो एकदिवशीय भारत–अष्ट्रेलियाबीचको खेलमा अष्ट्रेलियाले ३२ रनले जित दर्ज गरेको छ । अष्ट्रेलियाले दिएको ३१४ रनको टार्गेट फलो गरेको भारतले पचास ओभर बलिङ गर्दै आफूलाई २८१ रनमा समेट्यो । 

यसका साथसाथै सिरिजमा अब अष्ट्रेलिया २–१ ले अगाडि भएको छ । 

शुक्रबारको खेलमा पहिले टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

अष्ट्रेलियाका उस्मान ख्वाजा र ऐरोन फिन्चले सबैभन्दा धेरै रन लिए । उनीहरुले क्रमशः १०४ र ९३ रन बनाए । ख्वाजालाई म्यान अफ द म्याचको उपाधि पनि दिइयो । 

भारतका तर्फबाट सबैभन्दा राम्रो प्रदर्शन कप्तान विराट कोहलीको रह्यो । उनले ९५ बलमा १२३ रन बनाए । यसका लागि उनले १६ चौका प्रहार गरेका थिए । कोहलीको एक दिवशीय खेलमा यो ४१ औं शतक हो । 

भारतका अर्का ब्याट्सम्यान महेन्द्र सिंह धोनीको ब्याट भने आज खासै चलेन । उनले ४२ बलमा २६ रनमात्र बनाउन सके । यी दुई टिमबीच अब चौथो र पाँचौ खेल १० मार्च र १३ मार्चमा हुँदैछ ।





  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार २२:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया