कामनपाले साउन २१ देखि २४ सम्म कोरोनाविरुद्धको खोप अभियान चलाउने

 काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ । कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो । 

१२ वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५, १७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोवास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्नेछन् ।  

जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को सहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ । 

बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए । बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको उनले बताए । 

खोप प्रवद्र्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि गौतमले बताए । ‘एक पटक खोप लियो र अब लिनुपर्दैन भन्ने होइन । कोभिड–१९ लाई एउटा डोज लगाएर, दुई डोज लगाएर मात्रै पुग्दैन । यसमा बुस्टर डोज पनि चाहिन्छ भनेर चार मात्रा सम्मको बुस्टर डोज लगाउनुपर्ने प्रावधान सरकारले ल्याएको छ,’ उनले भने,‘माग भयो भने अन्य खोप पनि लिएर आउँछौँ । खोप प्रमोट गर्नका लागि केही कार्ययोजना पनि लिएर आएका छौं ।’

गोष्ठीमा कोभिड १९ विरुद्ध प्रयोग भइरहेका खोपहरुबारे जानकारी गराइएको थियो । यस्तै, कोभिड १९ खोप योजना प्रस्तुत गरिएको थियो ।
 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १९:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया