सरकारमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्दै छौँ : राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताएका छन् । बिहीबार पत्रकारसँग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताए ।  

उनले संगठन सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने पनि जानकारी दिए । उनले भने, ‘मुख्य एजेन्डा भनेको संगठन सुदृढीकरण अभियान चल्दै छ, त्यसलाई अझै कसरी प्रभावकारी बनाउने विषयमा नै केन्द्रित रहेको छ । विभिन्न समितिहरुमा मनोनीत गर्नुपर्ने नामहरू टुङ्ग्याउन र विभिन्न विभागहरू गठन गर्नको लागि यो बैठक राखिएको हो । सरकारमा सहभागिताको विषयमा पनि ठोस छलफल हुनेछ ।’ 

बिहीबार काठमाडौंमा जनमतको केन्द्रीय समिति राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकै पटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुने कुरा मुख्य एजेन्डा रहेको छ । अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरू, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए ।  





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १४:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया