‘यो तीजमा नजाने माइती’

‘यो तीजमा नजाने माइती’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गम्भीर विष्टको निर्देशन र मञ्जु थापाको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । 

शम्भुजित बास्कोटाको संगितमा रहेको गीतको म्युजिक भिडियोमा दिपाश्री निरौला,  रेजीना उप्रेति, नीता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ । गीत सार्वजनिक समारोहमा नायीका निरौलाले आफुहरू यो गीत सार्वजनीक गरेर तीज बोलाएको बताइन् । 

उनले भनिन्, ‘तीज भन्ने वित्तिकै निकै उत्साहित हुन्छु । यो गीत सार्वजनिक गरेर हामीले तीजलाई बोलाएका हौँ ।’ 

त्यसैगरी रेजीना उप्रेतीले उक्त गीतले मन छाएकै कारण आफू सहभागी भएको बताइन् । यो गीत म्युजिक नेपालले बजारमा ल्याएको हो । 





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १६:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया