अपडेट : बेपत्ता मध्ये एक जनाको शव भेटियो तीन जनाको खोजी जारी

दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।
 
बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन्  । 

पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ ।  सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १०:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया