मेक्सिको : नाइट क्लब गोली चल्यो, दुई घटनामा कम्तीमा १४ को मृत्यु

मेक्सिको सिटी– मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का सहरमा एउटा रात्रिक्लबमा अज्ञात समूहले बन्दुक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

त्यस्तै, मोन्टेरे सहरमा लागुऔषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा ७ जना श‌ंकास्पद लागुऔषध कारोबारी र अन्य एक व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 





  • प्रकाशित मिति : फागुन २५, २०७५ शनिबार २१:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया