‘आँखा पाक्ने रोग लागे आत्तिनुपर्दैन’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरेका छन् । उनले घरमा आँखाको स्याहार गरे संक्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । 

हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । 'यो रोग संक्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ,' डा. अधिकारीले भने । संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र संक्रमित व्यक्ति भीडभाडमा हुने ठाउँरसार्वजनिक स्थानमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए । 

डा. अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनुपरेमा साबुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ ।

लक्षणहरु 

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरुमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा-चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने-दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन् ।





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १७:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया