ग्राण्डीमा नौ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको सफल शल्यक्रिया सम्पन्न भएको छ ।.गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो । 

३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको नौ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उनलाई २० वर्षअघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । 

प्रा.डा.श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिए । अप्रेसनका लागि नौ घण्टा समय लागेको उनले बताए ।
 
डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मासहितको टोलीले ती युवकको शल्यक्रिया गरेको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताए । युवकलाई आज (बुधबार) मात्रै डिस्चार्ज गरिएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार २३:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया