सन्तोष सुवेदीको सिर्जनामा तीज गीत 'लैजान्छु पोखरा' सार्वजनिक (भिडियाे)

लाेक सर्जक सन्तोष सुवेदीको सिर्जनामा नयाँ तीज गीत सार्वजनिक भएकाे छ । 'लैजान्छु पोखरा' बाेलकाे उक्त गीतमा लय पनि सुवेदीकै छ । 

सुनिता बुढा छेत्री र हरिराम बिसीकाे सुमधुर स्वरमा रहेकाे गीतमा महेन्द्र भण्डारीकाे म्युजिक एरेन्ज छ । मालश्री स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त गीतमा खड्क बाजुरालीकाे मिक्सिङ रहेकाे छ ।  

निरेन श्रेष्ठले निर्देशन गरेकाे गीतकाे भिडियाेमा अस्मिता रनपाल, मञ्जित सिंह, विनोद विक र आरती खड्काले कम्मर मर्काएका छन् ।

मरुभूमि नारायणले खिचेकाे गीतकाे भिडियाेकाे सम्पादन राजकुमार मगरले गरेका छन् ।  
 
रोयल मुभिजले निर्माण गरेकाे म्युजिक भिडियाे एसएस राेधिघर युट्युब च्यानलबाट बजारमा आएकाे हाे । 

झण्डै एक दशकदेखि लाेक सिर्जना गर्दै आएका सुवेदीका यसअघि धेरै गीत चर्चित छन् । पछिल्लाे तीज गीतबाट दर्शकश्राेताकाे माया अझै बढी पाउनेमा आशावादी रहेकाे सर्जक सुवेदीले बताए । 

भिडियाे





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १६:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया