नक्कली प्रमाणपत्र प्रकरणमा सांसद शर्मासँगै दुई डाक्टर पनि पक्राउ

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र प्रकरणमा दुई डाक्टरलाई पनि पक्राउ गरेकाे छ। 

सोही प्रकरणमा सिआइबीले आजै कांग्रेस सांसद डा. सुनिल शर्मालाई पनि पक्राउ गरेकाे थियाे । 

सांसद शर्मा पक्राउ परेको केही समयपछि सिआइबीले सोही प्रकरणमा डाक्टर रञ्जितकुमार यादव र त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरीलाई पनि पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई सिआइबीले लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखेको छ। साे भवन सिआइबीले भाडामा लिएर चलाइरहेकाे थियाे ।





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १९:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया